अत्वार कुँवार १४ | थारु संम्बत:२६४६
१४ आश्विन २०८०, आईतवार
October 1, 2023

ड्रयागन फ्रुट्समा कोभिड देखिएपछि…

२२ पुष २०७८, बिहीबार
ड्रयागन फ्रुट्समा कोभिड देखिएपछि…

काठमाडौंः चीनमा ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका संकेत देखिएपछि झेइजियाङ र जियाङसी प्रान्तका अधिकांश सुपरमार्केट बन्द गरिएका छन्। भियतनामबाट आयात गरिएका ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका नमुनाहरु फेला परेपछि ती प्रान्तका सुपरमार्केट बन्द भएका हुन्।  स्वास्थ्य अधिकारीहरुले आयात गरिएका उत्पादनहरुमा आपतकालिन जाँच गरिएका छन्।

साथै, ड्रयागन फ्रुट्स बिक्रेतालाई क्वारेन्टिनमा बस्न निर्देशन दिइएको छ। कोभिडको नयाँ लहर चलिरहेका बेला ड्रयागन फ्रुट्समा कोभिड देखिएको खबरले चीनमा त्रास फैलिएको छ। डिसेम्बरको अन्तिम साता ड्रयागन फ्रुट्समा कोभिड १९ का संकेत देखिएपछि चीनले यसअघि सो फल २६ जनवरीसम्म चीन आयात गर्न प्रतिबन्ध लगाएको थियो। चीनले अर्को वर्षदेखि हिउँदे ओलम्पिक आयोजना गर्दैछ। ओलम्पिकअघि कोभिडलाई शून्यमा झार्ने सरकारको लक्ष्य छ। कोभिड देखिएपछि सियान र युझोउ सहरमा लकडाउन गरेको छ।

Source:https://dineshkhabar.com/article/72412