बिफे जेठ २५ | थारु संम्बत:२६४६
२५ जेष्ठ २०८०, बिहीबार
June 8, 2023

भगवान गौतम बुद्ध सम्बन्धी महत्वपूर्ण तथ्यहरु

२३ पुष २०७८, शुक्रबार
भगवान गौतम बुद्ध सम्बन्धी महत्वपूर्ण तथ्यहरु

१, सिद्धार्थ गौतमको जन्म ई.पू. ५६३, वैशाख शुक्ल पूर्णिमा गुरु गोरखनाथ जन्म जयन्तीका दिन जन्म भएको हो । बुद्धको मृत्यु पनि बैशाख पूर्णिमाकै दिन भएको (८० वर्षको उमेरमा) थियो, जसलाई महापरिनिर्वाण पनि भनिन्छ ।

२, सिद्धार्थ गौतमको पिताको नाम शुद्धोधन हो भने आमाको नाम माया देवी हो, त्यस्तै उहाँका पन्तीको नाम यशोधरा हो भने छोराको पुत्रको नाम राहुल हो । गौतम बुद्धको न्वारनको नाम सिद्धार्थ गौतम हो ।

३, सिद्धार्थ गौतमका पिता शाक्य वंशका राजा थिए भने राज्यको नाम कपिलवस्तु थियो । कपिलवस्तु राज्यको राजधानी तिलौराकोट थियो ।

४, सिद्धार्थ गौतमको जन्म भएको पाँच दिनमा उहाँको माता यशोधराको मृत्यु भयो ।

५, सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा दरबार छाडी ज्ञानको खोजीमा जंगलतर्फ लाग्नुभयो ।

६, सिद्धार्थ गौतमले वर्तमान भारत गयाको जंगलमा पिपलको बोटमुनि तपस्या गरी ज्ञान प्राप्त गर्नुभयो ।

७, सिद्धार्थ गौतमलाई वैशाख शुक्ल पूर्णिमाको दिन ज्ञान प्रस्फुटन भएको थियो ।

८, सिद्धार्थ गौतमले ज्ञान प्राप्त गरेको ठाउलाई बोधगया भनिन्छ भने ज्ञानप्राप्त गरेको रुखलाई बोधिवृक्ष भनिन्छ । हिन्दुधर्मालम्वीहरुले पितृकार्य श्राद्ध कर्म गर्ने पवित्र धार्मिक स्थल हो गया ।

९, सिद्धार्थ गौतमले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश सारनाथमा दिनुभएको थियो ।

१०, सिद्धार्थ गौतमले पहिलो पटक दिएको ज्ञानलाई धर्मचक्र प्रवर्तन भनिन्छ ।

११, संसारमा दुख छ, दुखको कारण छ र सोको दुख हटायउने उपाय पनि छ भन्ने कुरा पत्ता लगाए । जसलाई बुद्धत्व भनेर चिनिन्छ ।

१२, अष्टागिंक मार्गका रुपमा चिनिने दुख निवारणका ८ उपायहरु

सम्यक दृष्टि, सम्यक कर्म, सम्यक जीविका, सम्यक वचन, सम्यक प्रयास, सम्यक विश्वास, सम्यक निश्चय र सम्यक ध्यान हुन ।

१३, बुद्धले प्रतिपादन गरेका (पञ्चशील) सत्य, अहिंसा, अस्तेय, परस्त्री गमन निषेध र मद्य निषेध हो ।

१४, हिन्दुधर्म अनुसार भगवान गौतम बुद्धलाई नवौँ अवतार मानिन्छ ।

१५, लुम्बिनीमा प्रत्येक १०/१० वर्षमा बुद्धमार्गीहरुको विश्व सम्मेलन हुन्छ ।

१६, शान्तिको दर्शन तथा पञ्चशीलको सिद्धान्तका प्रणेता भनी गौतम बुद्धलाई चिनिन्छ ।

१७, गौतम बुद्धले ४५ वर्षसम्म आफ्नो ज्ञानको प्रचार गर्दै हिडनुभयो ।

१८, चार बौद्ध धाम भनेर लुम्बिनी, बोध गया, सारनाथ र कुशिनगर लाई चिनिन्छ ।

१९, शुक्ति पिटकमा बुद्धले दिएका उपदेशहरु, विनयपिटकमा बौद्ध भिक्षु भिक्षुणीहरुले पालन गर्नुपर्ने नियमहरु र अभिधम्बपिटकमा बुद्ध दर्शनसम्बन्धी विवेचना को संग्रह गरिएको छ । त्यस्तै बौद्ध धर्मको मुल ग्रन्थ त्रिपिटक हो ।

२०, भगवान गौतम बुद्धले दिनुभएको प्रमुख उपदेशहरु यसप्रकार छन ।

क, सधैं साँचो बोल्नु, झुटो कहिल्यै नबोल्नु

ख, लोभी नुहुनु

ग, अर्काको कुनै पनि चिज नचोर्नु

घ, सबै प्राणीलाई दया गर्नु

ङ, शुद्ध आचरणमा रहनु

च, सानो भनेर कसैलाई हेला नगर्नु

छ, ठूला तथा मान्यजनको आज्ञा पालन गर्नु

२१, युनेस्कोको मुख्यालयमा गौतम बुद्ध

सन् २०१५ जून २२ मा पेरिसस्थित युनेस्कोको मुख्यालयमा गौतम बुद्धको मुर्ति स्थापना गरिएको छ । युनेस्कोका तत्कालिन महानिर्देशक इरिना बोकोभा र फ्रान्सका लागि नेपाली राजदूत तथा युनेस्कोका स्थायी नेपाली प्रतिनिधि अम्बिका लुइँटेलले सो मूर्तिको संयुक्त रुपमा अनावरण गरेका थिए । युनेस्कोको मुख्यालयको सबैभन्दा ठूलो लवीमा स्थापित १ सय ६४ सेन्टिमिटर अग्लो र १ सय २२ सेन्टिमिटर चौडा सो मुर्तिको तौल १ सय केजी रहेको छ ।