बुध माघ ०५ | थारु संम्बत:२६४५
५ माघ २०७८, बुधबार
January 19, 2022

सुदूरपश्चिममा ५ दिनमा थपिए ५२० ओमिक्रोन संक्रमित

२६ पुष २०७८, सोमबार
सुदूरपश्चिममा ५ दिनमा थपिए ५२० ओमिक्रोन  संक्रमित

धनगढी : भारतबाट स्वदेश फर्किनेको संख्या बढेसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको ग्राफ उकालो लागेको छ। पछिल्लो ५ दिनमा मात्रै प्रदेशका ५ सय २० जनामा कोरोना संक्रमण भेटिएको छ। पुस २१ गते ५५, २२ गते १२०, २३ गते १५८, २४ गते १२५ र २५ गते ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

`नाकामा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि कनरी आइसोलेसनमा लैजान्छौं,´ उनले भने, `बाकीलाई भने सिधै घर जाने अनुमति हुन्छ। विगतमा स्थानीय तहमा संचालित क्वारेन्टाइन फेरि चलाउनेबारे पनि छलफल भइरहेको छ।´ अहिले सीमा नाकामा एन्टिजेन र सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र केही जिल्ला अस्पतालहरूका प्रयोगशालामा पीसीआर जाँच भइरहेको छ।

उनीहरूमध्ये कञ्चनपुरको गड्डाचौकी र कैलालीसँग सीमाना जोडिएको गौरीफन्टा नाका भएर स्वदेश फर्किने धेरै छन्। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले कोरोना पुष्टि भएका व्यक्तिलाई धनगढीको कनरीस्थित आइसोलेसनमा राख्ने गरिएको बताए।

स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख ओमप्रकाश जोशीले पुसको २० गतेपछि कोरोना बढ्न थालेको बताए। सुदूरपश्चिम प्रादेशिक प्रयोगशालाले अहिलेसम्म तीन पटक गरी १ सय ६४ जनाको नमुना केन्द्रीय प्रयोगशालामा पठाएको जनाएको छ। १८ जनामा ओमिक्रोन भेटिएन भने १ सय ४६ जनाको भने रिपोर्ट नआएको प्रादेशिक प्रयोगशाला धनगढीका प्रमुख रामप्रसाद ओझाले बताए।