बुध माघ ०५ | थारु संम्बत:२६४५
५ माघ २०७८, बुधबार
January 19, 2022

धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ

३० पुष २०७८, शुक्रबार
धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ

धनगढी : धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उपमहानगरपालिका-२ का २४ वर्षीय सन्त शाह र २७ वर्षीय वसन्त ओली रहेका छन्।

बिहीबार उनीहरुको साथबाट १ ग्राम ६०० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले बताएको छ। दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।