अत्वार कुँवार १४ | थारु संम्बत:२६४६
१४ आश्विन २०८०, आईतवार
October 1, 2023

आहा-रारा गोल्डकप : आज पुलिस र हिमालयन शेर्पा भिड्दै

७ माघ २०७८, शुक्रबार
आहा-रारा गोल्डकप : आज पुलिस र हिमालयन शेर्पा भिड्दै

पर्वत : पोखरामा जारी बिसौँ संस्करणको आहारारा गोल्डकपको दोस्रो दिन आज विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच खेल हुँदैछ।

कोभिड-१९ संक्रमणका कारण दर्शकको उपस्थितिबिना नै चलिरहेको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ। आयोजक सहारा क्लबका अध्यक्ष हरेराम गुरुङ ‘सुरज’ का अनुसार आजको विजेता टिमले आउँदो माघ ९ गते मनाङ मर्स्याङ्दी क्लबसँग भिड्नु पर्नेछ।

शनिबार बिवाइएससी क्लब, अमेरिकासँग बिहीबार भएको उद्घाटन खेलको विजेता विभागीय टोली नेपाल एपिएफ क्लबको भिडन्त हुनेछ। यसको विजेता क्वार्टर फाइनलमा प्रवेश गर्ने छ।

माघ १० गतेको खेल मच्छिन्द्र फुटबल क्लब र संकटा क्लबकोबीचमा खेल हुने छ। यो खेलको विजेता टोलीले माघ १२ मा शनिबारको खेलको विजेतासँग खेल्नेछ। यस्तै माघ ११ गते विभागीय टोली त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ।

प्रतियोगिताको विजेताले १० लाख एक हजार रुपैयाँ र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन्। माघ १५ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगितामा १० टिमबिच प्रतिस्पर्धा हुनेछ।