बिफे जेठ २५ | थारु संम्बत:२६४६
२५ जेष्ठ २०८०, बिहीबार
June 8, 2023

विश्वकप क्वालिफायर: नेपाल आज ओमानसँग भिड्दै

६ फाल्गुन २०७८, शुक्रबार
विश्वकप क्वालिफायर: नेपाल आज ओमानसँग भिड्दै

काठमाडौंः नेपाल र ओमानबीच आज वर्ल्ड टी ट्वेन्टी क्वालिफायरअन्तर्गतको खेल हुँदैछ। ग्लोबल छनोटको समूह ‘ए’ को पहिलो खेलमा नेपाल र ओमान भिड्न लागेका हुन्।

खेल ओमानकै अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११:४५ बाट सुरु हुनेछ। दुवै टोली पहिलो खेल जित्ने लक्ष्यसाथ मैदानमा उत्रनेछन्। यसअघि भएको चार देशीय श्रृङ्खलामा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो।

ओमान जिसान मक्सुदको कप्तानीमा मैदान उत्रदाँ नेपाल सन्दीप लामिछानेको नेतृत्त्वमा हुनेछ।