धनगढीः कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा शुक्रबार ८ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ८५ नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
हाल अस्पतालमा ६ जना संक्रमित विरामीको उपचार भइरहेको छ। तीमध्ये ४ जनाको आइसियूमा उपचार भइरहेको छ। यस्तै एक संक्रमितको ज्यान गएको अस्पतालले जनाएको छ। भने एक निको भएर घर फर्किएका छन्।