बिफे जेठ २५ | थारु संम्बत:२६४६
२५ जेष्ठ २०८०, बिहीबार
June 8, 2023

घरेलु मैदानमा चेल्सीको सहज जित

११ फाल्गुन २०७८, बुधबार
घरेलु मैदानमा चेल्सीको सहज जित

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा २-० को जितसँगै चेल्सीले क्वाटरफाइनल यात्रा बलियो बनाएको छ।

चेल्सीले घरेलु दर्शकसामु ८ औं मिनेटमा केइ हाभर्टेइजको गोलमार्फत अग्रता लिएको थियो। हाकिम ज्युचेको कर्नरलाई हाभर्टेइजले हेड गर्दै सुरुवाती अग्रता दिलाए।

पहिलो हाफमा १-० को अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्‍यो। चेल्सीका लागि क्रिश्टियन पुलिसिकले एनगेलो कान्टेले ६३ औं मिनेटमा दिएको पासलाई सदुपयोग गर्दै खेलमा अग्रता दिलाएका थिए। त्यसपछि थप गोल हुन सकेन र चेल्सीले सहज रुपमा खेल २-० ले आफ्नो पक्षमा पार्‍यो।