धनगढीः कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बुधबार ९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ५२ नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
यस्तै हाल अस्पतालमा ५ जना संक्रमित विरामीको उपचाररत छन्। तीमध्ये २ जनाको आइसियूमा उपचार भइरहेको छ भने एक जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ। यस्तै आज २ जना अस्पतालबाट डिस्चार्ज हुदाँ दुईजना अस्पतालमा भर्ना भएका छन्।