अत्वार कुँवार १४ | थारु संम्बत:२६४६
१४ आश्विन २०८०, आईतवार
October 1, 2023

युक्रेनका एउटा टापुमा रुसको कब्जा

१३ फाल्गुन २०७८, शुक्रबार
युक्रेनका  एउटा टापुमा रुसको कब्जा

रुसले युक्रेनको एउटा टापुमा कब्जा जमाएको छ । रुसी जलसेनाले आक्रमण गरेपछि ब्ल्याक सीमामा पर्ने एउटा सानो टापुमाथि आफूले नियन्त्रण गुमाएको युक्रेनले जनाएको हो ।

यस्तै, रुसी सेनाको आक्रमण पछि युक्रेनमा रहेकाहरु सुरक्षित ठाउँतर्फ भाग्न थालेका छन् । संयुक्त राष्ट्र सङ्घका अनुसार हिजो मात्रै एक लाख मानिसले आफ्नो घर छाडेका छन् । त्यसमध्ये धेरैजसो आन्तरिक रूपमा विस्थापित भएका छन् ।

पोल्यान्डले युद्धका कारण भागेर आउने युक्रेनी नागरिकलाई खानेकुरा र औषधि दिन युक्रेनसँगको सीमानाकामा सम्पर्क केन्द्र स्थापना गरेको छ ।

कतिपय युक्रेनी नागरिक रोमानिया र हङ्गेरी पुगेका छन् । अमेरिकाले युद्धका कारण ५० लाख मानिस विस्थापित हुने र त्यसले विश्वका ठूलामध्येको एउटा शरणार्थी सङ्कट सिर्जना गर्ने चेतावनी दिएको छ ।