सोम्मार अगहन १२ | थारु संम्बत:२६४५
१२ मंसिर २०७९, सोमबार
November 28, 2022

सुदूरपश्चिममा हल्का वर्षाको सम्भावना

१५ फाल्गुन २०७८, आईतवार
सुदूरपश्चिममा हल्का वर्षाको सम्भावना

धनगढी : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

आईतबार देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी, गण्डकी र वागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम र कर्णालीका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू-भागहरुका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरु तथा बागमती र प्रदेश १ का उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।