मंगर चैत ०७ | थारु संम्बत:२६४६
७ चैत्र २०७९, मंगलवार
March 21, 2023

पल शाहबारे चलचित्र संघले भन्यो : दोषी भए कानुनले सजाय देला, लाञ्छना नलगाऊँ

१५ फाल्गुन २०७८, आईतवार
पल शाहबारे चलचित्र संघले भन्यो : दोषी भए कानुनले सजाय देला, लाञ्छना नलगाऊँ

काठमाडौं : अभिनेता पल शाह र पल शाहसँग सम्बन्धित भनी आइरहेका समाचार र सन्दर्भप्रति नेपाल चलचित्र कलाकार संघले ध्यानाकर्षण भएको जनाएको छ।

संघले शनिबार विज्ञप्ति जारी गरी अभिनेता शाहको विषय, घटना र सन्दर्भ कानुनी उपचारमा रहेकाले त्यस सम्बन्धमा नेपालको कानुनले सम्बन्धित निकाय मार्फत निर्क्योल र निष्कर्ष निकाल्ने र दोषीलाई सजाय दिने भएकाले त्यो विषय र सन्दर्भमा चलचित्र क्षेत्र र कलाकारलाई दोषारोपण गर्दै विभिन्न लाञ्छना लगाई वादविवादको सिर्जना गर्नु र एक आपसमा लाञ्छना लगाउनु दुःखद रहेको ठहर गरेको छ।

संघका केन्द्रीय अध्यक्ष रवीन्द्र खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत जीवन,पेसा र व्यवसाय फरक फरक कुरा हुन। व्यक्तिको विषयलाई लिएर पेसा र व्यवसायलाई आक्षेप लगाउँदै फलानो चलचित्रमा फलानो छ भन्दै दोषारोपण गर्नु खेदजनक छ।

एउटा चलचित्रमा कलाकार मात्र हैन , अरू पेसाकर्मी र लगानीकर्ताको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। चलचित्रमा काम गरेको एउटा व्यक्तिको विषयसँग चलचित्र,पेसा र व्यवसायलाई जोडेर चलचित्र क्षेत्रलाई बदनाम गराउने, जनमानसमा दुष्प्रचार गर्ने खालका क्रियाकलाप नगरी दिन हुन हामी सबैमा विनम्र अनुरोध गर्दछौँ।’

एक नाबालिका गायिकाले नायक शाहविरुद्ध बलात्कारको मुद्दा दायर गरेपछि शाहलाई प्रहरीले खाेजी गरिरहेको छ।