अत्वार कुँवार १४ | थारु संम्बत:२६४६
१४ आश्विन २०८०, आईतवार
October 1, 2023

झापा गोल्डकप फागुन २१ देखि सुरु हुने, विजेतालाई साढे १२ लाख पुरस्कार

१६ फाल्गुन २०७८, सोमबार
झापा गोल्डकप फागुन २१ देखि सुरु हुने, विजेतालाई साढे १२ लाख पुरस्कार

काठमाडौं : मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्ड कपको पाँचौँ संस्करण फागुन २१ गतेदेखि ३० गतेसम्म झापाको डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने भएको छ। 

गोल्डकप प्रतियोगिता कोरोना भाइरसका कारण दुई वर्ष सञ्चालन भएन। प्रतियोगितामा तीन विभागीय टिम, नेपाल पुलिस क्लब, एपीएफ क्लब र त्रिभुवन आर्मीसँगै सातदोबाटो युथ क्लब, जाउलाखेल युथ क्लब, संकटा क्लब, थ्रीस्टार गरी ७ वटा ए डिभिजन क्लब,   २ वटा भारतीय टिम र आयोजक झापा ११ गरी जम्मा १० टिम सहभागी हुने छन्। 

विजेताले नगद १२ लाख ५५ हजार रुपैया र ट्रफी हात पार्ने छ भने उप-विजेताले नगद ६ लाख रुपैया हात पार्ने छ। प्रतियोगिता सम्पन्न गर्न एक करोड ४० लाख खर्च हुने अनुमान आयोजकको  छ। गोल्डकपको मुख्य प्रायोजक सीजी ग्रुपको नेपाल आइस रहेको आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए।