अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितीलाई चित्रण गरिएको फिल्म ‘लप्पन छप्पन २’आउँदो शुक्रबारबाट प्रदर्शनमा आउदैछ । एक्सन थ्रिलर फिल्मलाई मुकुन्द भट्टले निर्देशन गरेका छन् । नेपाली फिल्ममा ‘वार’ मार्फत निर्देशकको रुपमा उदाएका निर्देशक भट्टले एक्सन जनराकै फिल्म मार्फत दर्शकसामू पुर्याईरहेका छन् । ‘लप्पन छप्पन’ बन्ने समयमा यो नाम एक ठुलो व्यानरले समेत मागेका थिए । यद्दपी निर्देशक भट्ट सहितको टीमले नाम दिन अस्वीकार गर्दै यसमै सिरिज बनाइ रहेको छ ।
‘फिल्मलाई हामीले सिक्वेलको रुपमा नभई सिरिजको रुपमा अगाडी बढाएका छौँ । पहिलो भएको कमिकजोरीलाई दोस्रोमा पनि नलादौ भन्ने सोचाईले नै सिरिजको रुपमा अगाडी बढाएका छौँ । निरन्तरताकै स्वरूप लप्पन छप्पन ३ पनि आउँछ’ निर्देशक भट्टले भने । उनि भन्छन्, ‘पहिलो भन्दा दोस्रोमा हामीले आफ्नो कमजोरीलाई सुधार्दै अझै स्ट्याईलिस् बनाउने प्रयास गरेका छौँ ।’ निर्देशक भट्टले आफुलाई एक्सनको विधामा पर्ने थ्रिल र सस्पेन्स मन पर्ने बताए । यद्दपी पछिल्लो समय नेपालमा पनि साउथ इन्डियन फिल्मको क्रेज बढ्दो रहेकाले यस जनरामा सहज भने पक्कै छैन । किनकी नेपालमा बजेट अभावले गर्दा एक्सनमा धेरै खर्च गर्न सक्ने अवस्था हुदैन । निर्देशक भट्ट भने आउँदो समयका लागि अहिले बजार तयार गर्नु पर्नेमा जोड दिन्छन ।
‘अहिले हामीले दर्शक कमाउन अभावकै बीच पनि स्तरीय फिल्म पस्कने कोसिश गर्नु पर्छ । यसले हाम्रो फिल्म प्रति दर्शक विश्वसनीय हुनेछन् । र , यसले आउँदो समयमा फाइदा गर्छ’ निर्देशक भट्ट भन्छन् । उनले आफ्नो सोच अनुसारको नेपालको बजारलाई सोचेर फिल्म तयार गर्दा १२ करोड लगानी लग्ने बताए । उनको अनुसार विदेशी टेक्निसियनलाई पनि नेपालमा काम गराउन सकिन्छ । यद्दपी उनीहरुले व्यावसायिकता मात्र नहेरी नेपालीको लागि केहि सहुलियतमा काम गर्ने भट्ट बताउछन् ।
‘मैले नै मेरो आउँदो फिल्मको लागि कुरा गरिरहेको छु । नेपालमा भन्दा एक्सन फिल्म विदेशमा छायांकन गर्नु सजिलो छ । यद्दपी बजेट हाम्रो बजार भन्दा बढी नै हुन्छ’ निर्देशक भट्टले भने । उनले विदेशमा पैसा तिर्न सक्दा रोड ब्लक गरेर खिच्न सकिने बताए । यद्दपी नेपालमा भने त्यस्तो अझै सम्भव नरहेको उनको अनुभव छ । उनले ‘लप्पन छप्पन २’ लाई नेपालमा मात्र नभई युरोप र अस्ट्रेलियामा समेत छायांकन गरेका छन् ।
उनले फिल्ममा पैसाको पावरमा कसरि देशलाई केहि व्यक्तिले आफ्नो अनुसार चलाउने गरेका छन् भन्ने तथ्यलाई देखाउन खोजेका छन् । शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट लगायतको अभिनय रहेको यस एक्सन ड्रामा फिल्म मार्फत शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको ‘लप्पन छप्पन २’ मा पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ ।
पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (मिस्टर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ । यसमा किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी छ । भने, हिमाल केसीसहित निर्देशक भट्टले एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् ।
गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेर फिल्म निर्माण गरेका हुन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् । यसमा समीर खरेल क्रियटिभ निर्माता, सह-निर्मातामा राजीव तामाङ, वेद बहादुर तामाङ, रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी रहेका छन् ।