मंगर चैत ०७ | थारु संम्बत:२६४६
७ चैत्र २०७९, मंगलवार
March 21, 2023

हास्य कलाकार युक्रेनी राष्ट्रपति जो युक्रेन-रुस युद्धमा नायकका रूपमा उदाएका छन्

१८ फाल्गुन २०७८, बुधबार
हास्य कलाकार युक्रेनी राष्ट्रपति जो युक्रेन-रुस युद्धमा नायकका रूपमा उदाएका छन्

राजनीतिको कुनै पनि अनुभव नभएका हास्य कलाकार भोलोदिमिर जेलेन्स्की झन्डै तीन वर्षअघि युक्रेनको राष्ट्रपति बने। अहिले अकस्मात् उनी विश्वसनीय युद्धनायकका रूपमा उदाएका छन्।

उनले आफ्ना सम्बोधन र भिडिओ सेल्फीहरूका माध्यमबाट रुसी अतिक्रमणविरुद्ध विद्यमान युक्रेनी आक्रोशलाई सशक्त रूपमा प्रस्तुत गरिरहेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन झन्‌झन् अपत्यारिला बन्दै आएका छन् र उनले युक्रेनबाट भिन्न भएका डोनेट्स्क र लुहान्स्क गणतन्त्रमा युक्रेनले ‘नरसंहार’ मच्याएको आरोप लगाएका छन्। उनले युक्रेनलाई ‘नाजीकरण’ बाट मुक्त गर्नुपर्ने बताइरहँदा रुसी भाषा बोल्ने यहुदी परिवारका जेलेन्स्की शालीन, दृढ र प्रखर देखिएका छन्।

यी अभिमतहरूले बुद्धिजीवीसहित धेरै आलोचकहरूले नदेखेका एउटा पक्ष बाहिर ल्याएको छ।

मत सर्वेक्षणहरूमा सङ्घर्ष गरिरहेका जेलेन्स्की रुसले अतिक्रमण थाल्नु केही घण्टाअघि मात्रै राष्ट्रिय व्यक्तित्वका रूपमा रूपान्तरित भइसकेका थिए।

सामाजिक सञ्जालमा राखिएको एउटा संयमित सम्बोधनमा आंशिक रूपमा रुसी भाषा प्रयोग गरेर बोल्दै उनले आफूले युद्ध रोक्न भ्लादिमिर पुटिनसँग फोनमा वार्तालापको प्रयास गरेपनि उत्तर नपाएको बताए।

दुवै देशलाई कुनै प्रकारको युद्ध आवश्यकता भएको उनले पृष्ठभूमिमा युक्रेनको नक्सा भएको स्थानमा भनेका थिए। उनले युक्रेनीहरूलाई आक्रमण गरिए आफ्नो रक्षा गर्ने बताएका थिए।

“तपाईँले हामीलाई आक्रमण गर्नुभयो भने हाम्रो अनुहार देख्नुहुन्छ हामी पिठिउँ फर्काउनेछैनौँ, सामना गर्नेछौँ।”