धनगढी। धनगढीको माया मेट्रो हस्पिटलमा मुटु रोगका बिरामीहरूको निःशुल्क चेकजाँच हुने भएको छ । मुटु रोग सम्बन्धी समस्या भएका बिरामीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै हस्पिटलले यही फागुन २० र २१ गते निःशुल्क रूपमा सेवा सञ्चालन गर्न लागेको हो ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. कृष्ण चन्द अधिकारीद्वारा बिरामीहरूको निःशुल्क चेकजाँच गरिने अस्पतालले जनाएको छ ।
पछिल्लो समय विभिन्न कारणले मुटु रोगका बिरामीहरूको सङ्ख्या बढ्दै गइरहेकाले अस्पतालले निःशुल्क शिविर आयोजना गर्न लागेको सूचना मार्फत जानकारी गराईएको छ । यसका साथै अस्पतालले ल्याब परीक्षणमा पनि २० प्रतिशत छुटको व्यवस्था गरेको अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले जानकारी दिए ।