मंगर चैत ०७ | थारु संम्बत:२६४६
७ चैत्र २०७९, मंगलवार
March 21, 2023

आजदेखि बी डिभिजन लिग सुरु हुने, पहिलो दिन तीन खेल

१८ फाल्गुन २०७८, बुधबार
आजदेखि बी डिभिजन लिग सुरु हुने, पहिलो दिन तीन खेल

काठमाडौं : सहिद  स्मारक बी डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदै छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो दिन तीन खेल हुनेछन्। बिहान साढे ९ बजे हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ। 

दोस्रो खेलमा पौने १ बजे  बाँसबारी क्लब र सरस्वती क्लब आमने–सामने हुनेछन्। 

अपराह्न ४ः०० बजे हुने तेस्रो तथा दिनको अन्तिम खेलमा विरगञ्ज युनाईटेड र ब्वाइज युनियनबीच खेल हुनेछ। 

लिगमा १४ क्लबले सिङ्गल राउन्ड रोबिन लिगको आधारमा खेल्ने छन्। शीर्ष दुई टोली ए लिगमा बढुवा हुने छन्। यस्तै पुछारका दुई टोली  रेलिगेसनमा पर्ने छन्।