मंगर चैत ०७ | थारु संम्बत:२६४६
७ चैत्र २०७९, मंगलवार
March 21, 2023

रुसी फौजले कब्जा गर्यो युक्रेनको खेअरसन शहर

१८ फाल्गुन २०७८, बुधबार
रुसी फौजले कब्जा गर्यो युक्रेनको खेअरसन शहर

 युक्रेनमाथि आक्रमण गरिरहेको रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसनमाथि नियन्त्रण लिएको छ।  

साढे दुई लाख जनसङ्ख्या रहेको सो शहरका मेयरले खानेकुरा र औषधि आपूर्तिको सुनिश्चितताका लागि सहायता निकाय तथा सरकारलाई गुहार मागेका छन्। 

त्यस्तै घाइतेहरूको उद्धारमा सघाउन पनि उनले अपिल गरेका छन्।

स्थानीय परिषद्‌का एक सदस्यले आक्रमणमा परी दुई सयभन्दा बढीको ज्यान गएको र ती मध्यै धेरै सर्वसाधारण रहेको बीबीसीले उल्लेख गरेको छ।