लिभरपुल र साउथहेम्टन एफएकपको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। बुधबार राति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई २-१ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाउँदा साउथहेम्टनले वेस्टह्यामलाई ३-१ ले पराजित गर्यो।
घरेलु मैदानमा लिभरपुलले नर्विचविरुद्ध पहिलो हाफमा गरेको दुई गोल महत्त्वपूर्ण रह्यो। लिभरपुलको जितमा दुवै गोल जापानी खेलाडी टाकुमी मिनामिनोको नाममा रह्यो। उनले २७ औं मिनेटमा पहिलो गोल गर्दा दोस्रो गोल ३९ औं मिनेटमा सम्भव बनाएका थिए।
दोस्रो हाफमा पनि दबाब बनाएको लिभरपुल गोल गर्न भने असफल रह्यो। नर्विचले भने ७६ औं मिनेटमा एक गोल फर्काएको थियो।
त्यस्तै‚ अर्को खेलमा साउथहेम्टनले वेस्टह्यामलाई ३-१ ले पराजित गर्दा साउथहेम्टनको जितमा रोमेइन पेराउड, वार्ड प्रउज र अर्मान्डो ब्रोजाले गोल गरे नर्विचका एन्टोनियोले एक गोल फर्काए पनि सान्त्वना गोलका रुपमा रह्यो।