मंगर चैत ०७ | थारु संम्बत:२६४६
७ चैत्र २०७९, मंगलवार
March 21, 2023

युक्रेनमा रुसको निरन्तर आक्रमण, आफ्ना ५ सय सेना मारिएको रुसद्वारा स्वीकार

१९ फाल्गुन २०७८, बिहीबार
युक्रेनमा रुसको निरन्तर आक्रमण, आफ्ना ५ सय सेना मारिएको रुसद्वारा स्वीकार

काठमाडौं : युक्रेनको राजधानी कब्जा गर्ने तयारीसाथ नजिक पुगेको रुसी सैनिकले किभमा लगातार रकेट आक्रमण गरेको छ।

आज बिहान चारवटा ठूला विस्फोट सुनिएको अधिकारीहरुले जनाएका छन्। क्षतिको विवरण सार्वजनिक नभएको आक्रमणबाट किभको जनजीवन भने रातभरजसो प्रभावित भएको छ।

सहरमा रातभरि हवाई आक्रमणको संकेत दिने साइरनहरु बजेका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सैनिकविरुद्ध प्रतिकार गर्न आफ्नो सेना सफल भइरहेको बताएका छन्।  उनले नागरिकलाई समेत प्रतिकारका लागि तयार भइरहन अपिल गरेका छन्।  

अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुका अनुसार रुसी आक्रमणमा हालसम्म २ हजार बढी सर्वसाधारण मारिएका छन्। रुसी अधिकारीहरुले हालसम्म आफ्ना ५ सय सैनिक मारिएको स्वीकार गरेको छ। रुसी सेनाले खेरसोन सहर नियन्त्रणमा लिएको छ। किभ र खार्किभ नियन्त्रणमा लिने प्रयास जारी राखेको छ।

यसैबीच युक्रेन आक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ। अधिकारीहरुका अनुसार आक्रमणको आठौँ दिनमा तेलको मूल्य १ सय १० डलर प्रति ब्यारेल भन्दा बढी पुगेको छ।