काठमाडौ:नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढेको हो।यससँगै छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ९ सय रुपैयाँ पुगेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला ९९ हजार ४ सय रुपैयाँमा पुगेको छ।
बिहीबारको तुलनामा चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १३८० रुपैयाँमा कारोबार भइरहेको छ।