मंगर चैत ०७ | थारु संम्बत:२६४६
७ चैत्र २०७९, मंगलवार
March 21, 2023

पल शाह प्रकरणः पक्ष विपक्षमा प्रदर्शन नगर्न मानव अधिकार आयोगको आग्रह

२० फाल्गुन २०७८, शुक्रबार
पल शाह प्रकरणः पक्ष विपक्षमा प्रदर्शन नगर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौंः राष्ट्रिय मानव अधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ। अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने आयोगले जनाएको छ। त्यसैले संयमित भई अनुसन्धान प्रक्रियालाई सघाउन आयोगले आग्रह गरेको छ।

आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ।’ आयोगले गम्भीर प्रकृतिको फौजदारी अपराधको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न, सम्बन्धित व्यक्तिको अनुमति विना भिडियोहरु रेकर्ड नगर्न, रेकर्ड गरिएका भिडियोहरु सार्वजनिक नगर्न र अतिप्रचारका कारण प्रमाणहरु नष्ट हुनेतर्फ विचार पुर्याउन आयोगले आग्रह गरेको छ।

आफूलाई प्राप्त प्रमाणहरु सार्वजनिक गर्र्नुको सट्टा अनुसन्धान अधिकारीहरुलाई उपलब्ध गराउन पनि आयोगले सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।