बिफे जेठ २५ | थारु संम्बत:२६४६
२५ जेष्ठ २०८०, बिहीबार
June 8, 2023

थपिए १२६ संक्रमित, एक जनाको मृत्यु

२० फाल्गुन २०७८, शुक्रबार
थपिए १२६ संक्रमित, एक जनाको मृत्यु

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ३३ जनाको कोरोना परीक्षण गर्दा थप १ सय २६ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट यो अवधिमा १ जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट ११ हजार ९ सय ४५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

यो अवधिमा ३ सय ८५ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर ७ हजार २ सय ४२ जना सक्रिय संक्रमित रहेका छन्।