मंगर चैत ०७ | थारु संम्बत:२६४६
७ चैत्र २०७९, मंगलवार
March 21, 2023

सुनचाँदी किन्न भनी वजार जाँदै हो भने जानकारी लिनुहोस् आजको वजार मूल्य विवरण, आज एकै दिन तोलामा ४०० रुपैयाँ घट्यो

६ बैशाख २०७९, मंगलवार
सुनचाँदी किन्न भनी वजार जाँदै हो भने जानकारी लिनुहोस् आजको वजार मूल्य विवरण, आज एकै दिन तोलामा ४०० रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै हिजोको तुलनामा ४०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ ला २ हजार ५०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य स्थिर तोकिएको छ । हिजो तोलामा १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।