अत्वार जेठ ०८ | थारु संम्बत:२६४५
८ जेष्ठ २०७९, आईतवार
May 22, 2022

धनगढी उडेको जहाज इन्जिन फेल भएपछि आकस्मिक अवतरण

२८ बैशाख २०७९, बुधबार
धनगढी उडेको जहाज इन्जिन फेल भएपछि आकस्मिक अवतरण

काठमाडौं: काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएपछि सुरक्षित अवतरण गराइएको छ।

बुधबार ८७ जना यात्रुसहित धनगढीका लागि उडेको २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको हो। जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ।