अत्वार असार १२ | थारु संम्बत:२६४५
१२ असार २०७९, आईतवार
June 26, 2022

धनगढी वडा नम्बर ६ मा माओवादी केन्द्रका भागिराम चौधरी प्यालन सहित बिजयी

६ जेष्ठ २०७९, शुक्रबार
धनगढी वडा नम्बर ६ मा माओवादी केन्द्रका भागिराम चौधरी प्यालन सहित बिजयी

धनगढी। धनगढी वडा नम्बर ६ मा माओवादी केन्द्रका भागिराम चौधरी विजयी भएका छन्। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ६ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भगीराम चौधरी प्यानलसहित विजयी भएका हुन् । धनगढी वडा न ६ मा माओवादी केन्द्रका भागिराम चौधरी दोस्रो कार्यकाल सहित प्यालनमा बिजयी भएको नेकपा माओवादी केन्द्रका नेता रमेश प्रसाद भट्टराईले जानकारी दिए ।

भागिरामले ९५३ मत ल्याएका छन्। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका इस्वरीजँग बमले ७०४ मत पाएका छन्। नेपाली काँग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार डण्डीराज सुवेदीले ६ सय एक मत प्राप्त गरेका छन् । वडा सदस्यमा नेकपा माओवादीकै महेन्द्र थापा, भावना चौधरी, रामबहादुर राना र रिता मगराती विजयी भएका छन् ।