अत्वार असार १२ | थारु संम्बत:२६४५
१२ असार २०७९, आईतवार
June 26, 2022

धनगढी उपमहानगरमा झण्डै साढे २१ हजार मतगणना बाँकी, हमाल ९५९० मतले अगाडि

६ जेष्ठ २०७९, शुक्रबार
धनगढी उपमहानगरमा झण्डै साढे २१ हजार मतगणना बाँकी, हमाल ९५९० मतले अगाडि

धनगढीः शनिबारदेखि सुरु भएको कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ४२ हजार २३० मतगणना भएको छ।

बिहान ७ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १९ हजार १४७ मत पाएका छन्। यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ५५७ र नेकपा एमालेका रणबहादुर चन्दले ४ हजार ६६४ मत पाएका छन्। हमाल र वडबीच ९ हजार ५९० मतको अन्तर छ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ८ हजार ८१५ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ८ हजार १४१ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६ मत पाएका छन्। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, १५, १६, १७, १८ र १९ को मतगणना सम्पन्न भएको छ।

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। अब २१ हजार ४८५ मत गणना गर्न बाकि छ।