मंगर चैत ०७ | थारु संम्बत:२६४६
७ चैत्र २०७९, मंगलवार
March 21, 2023

नेपालको पहिलो खेल भुटानसंग :एसीसी महिला टी–२०

१९ जेष्ठ २०७९, बिहीबार
नेपालको पहिलो खेल भुटानसंग :एसीसी महिला टी–२०

धनगढी, जेठ १९ गते । मलेसियामा जुन १७ देखि २५ तारिखसम्म आयोजना हुने एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ ।

एसीसीले सार्वजनिक गरेको तालिका अनुसार समूह ‘बी’ मा रहेको नेपालले समूहको पहिलो खेल जुन १७ तारिख भुटान, दोस्रो खेल १८ तारिख कुवेत, तेस्रो खेल २० तारिख बहराइन, चौथो खेल २१ तारिख हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।  एसीसीले सहभागि १० टोलीलाई दुई समूहमा विभाजन गरेको हो ।

समूह ‘ए’ मा मलेसिया, ओमान, कतार, सिंगापुर र संयुक्त अरव इमिरेट्स (युएई) रहेको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल जुन २४ र फाइनल खेल २५ तारिख हुनेछ ।