मंगर चैत ०७ | थारु संम्बत:२६४६
७ चैत्र २०७९, मंगलवार
March 21, 2023

खानेपानी तथा सरसफाइको लागि विश्व बैंकले दियो ८ करोड अमेरिकी डलर

२० जेष्ठ २०७९, शुक्रबार
खानेपानी तथा सरसफाइको लागि विश्व बैंकले दियो ८ करोड अमेरिकी डलर

विश्व बैंक सञ्चालक समितिले नेपालको खोनेपानी तथा सरसफाइ सेवा सुधारको लागि ८ करोड अमेरिकी डलर (हालको मूल्यमा नेपाली ९ अर्ब ९५ करोड) रूपैयाँ दिने निर्णय स्वीकृत गरेको छ।

यो रकम वाटर सेक्टर गभर्नेन्स एण्ड इन्फ्रास्ट्रकचर सपोर्ट प्रोजेक्ट कार्यक्रम अन्तर्गत खर्च हुनेछ। 

विश्व बैंकको यो सहयोग इन्टर्नेसनल डेभलपमेन्ट एसोसिएसन (आइडिए) अन्तर्गतको हो। यसमा शून्य वा कम ब्याजदरमा ऋण तथा अनुदान दिइन्छ। ३० देखि ४० वर्षको अवधिमा ब्याज वा सावा भुक्तानी गर्न सकिने हुन्छ।