धनगढी !!! विश्व स्वास्थ्य संगठनका अनुसार नुनमा आयोडिनको मात्र १५ पीपीएम हुनुपर्नेमा नेपालीको भान्सामा ५४ पीपीएम‚ ‘हाइपो थाइरोइडिजम’ को जोखिम
नेपालीले केही वर्षयता चाहिनेभन्दा बढी आयोडिन सेवन गरिरहेको एक अनुसन्धानले पत्ता लगाएको छ । न्युयोर्क एकेडेमी अफ साइन्सेसले प्रकाशन गर्दै आएको ‘एनल्स अफ द न्युयोर्क एकेडेमी अफ साइन्सेस’ जर्नलमा गत साता प्रकाशित अनुसन्धानात्मक आलेखमा सात जिल्लाका दुई हजारभन्दा बढी घरबाट संकलन गरिएको नुनमा चाहिनेभन्दा बढी ‘आयोडिन’ भेटिएको उल्लेख छ ।