बिफे जेठ २५ | थारु संम्बत:२६४६
२५ जेष्ठ २०८०, बिहीबार
June 8, 2023

इस्टोनियामाथि अर्जेन्टिनाको फराकिलो जित: मेस्सीद्वारा ५ गोल

२३ जेष्ठ २०७९, सोमबार
इस्टोनियामाथि अर्जेन्टिनाको फराकिलो जित: मेस्सीद्वारा  ५ गोल

धनगढी। अर्जेन्टिनाले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा फराकिलो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा अर्जेन्टिनाले इस्टोनियालाई ५-० गोल अन्तरले हराएको हो । अर्जेन्टिनाको जित लियोनल मेस्सीले पाँच गोल गरे ।

खेलको आठौं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

४५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

खेलको ४७ औं मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनाको अग्रता तेब्बर बनाए । खेलको ७१ औं मिनेटमा मेस्सीले अर्जेन्टिनाको लागि चौंथो गोल गरे ।

त्यसपछि खेलको ७६ औं मिनेटमा मेस्सीले व्यक्तिगत पाँचौं गोल गर्दै अर्जेन्टिनालाई फराकिलो जित दिलाए ।