डडेल्धुरा : डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा खेल मैदान निर्माण कार्य सुरु भएको छ। बुधबारदेखि आलिताल गाउँपालिका–८ घुम्ती बजार नजिकै खेल मैदान निर्माण थालिएको हो।
९० लाखको लागतमा मैदान निर्माण हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश भट्टले जानकारी दिए।यस क्षेत्रका खेलाडीहरूको सहजताका लागि खेल मैदान निर्माणको कार्य सुरु गरिएको गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले बताए।
बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष शेरसिंह पार्की, उपाध्यक्ष मैनाकुमारी रावल बोहरासहित प्रमुख प्रशासकीय अधिकृत गणेश भट्ट र वडा नं ८ का अध्यक्ष धनबहादुर देउवाले संयुक्त रूपमा निर्माण कार्यको शुभारम्भ गरेका हुन्।