अत्वार कुँवार १४ | थारु संम्बत:२६४६
१४ आश्विन २०८०, आईतवार
October 1, 2023

काँचो र स-साना स्याउ नटिप्न कृषि ज्ञान केन्द्र बाजुराको अनुरोध

१९ श्रावण २०७९, बिहीबार
काँचो र स-साना स्याउ नटिप्न कृषि ज्ञान केन्द्र बाजुराको अनुरोध

बाजुरा। बाजुराको मार्तडी बजार लगायत जिल्लाको माथिल्लो क्षेत्रका काँचो स्याउ  स- साना बजारमा बेच्न सुरु गरेका छन । स्याउ उत्पादक कृषकहरूलाई अहिले स्याउ टिप्ने समय नभएकोले हतार नगर्न र स्याउ पाक्ने सिजन सुरु नभएको केही समय धैर्य गर्नकृषि ज्ञान केन्द्र बाजुराले अनुरोध गरेको छ । 

जसले एकपटक खायो, उसले स्वाद थाहा पायो भन्ने हाम्रो नारालाई सहित जिल्लाका स्वामिकार्तिक खापर, जगन्नाथ, हिमालि गाउँपालिका र बुढीनन्दा नगरपालिकामा स्याउ राम्रो फल्ने स्थानिय तहका रुपमा रहेका छन । छिटपुट रूपमा गौमुल, बडिमालिका, त्रिवेणी र खप्तड छेडेदहमा पनि स्याउ खेती शुरू भएको छ।  १ सय ७० हेक्टर क्षेत्रफलमा १ हजार २० मेक्टिटर्न स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

स्याउ राम्रो संग नपाकेकोले कृषकलाइ अहिले हतार नगर्न र नटिप्न र बाजुराको स्याउ राम्रोसँग पाक्ने अर्थात रस र गुलियोपन भरियर मिठो हुने भनेको भदौ १५ २० गते पछि मात्रै रहेकोले हतारमा स्याउ टिपेर खेर नफाल्न अनुरोध गरेको कृषि ज्ञान केन्द्र बाजुराले अनुरोध गरेको सुचना अधिकारी मिन प्रसाद जैशीले बताए । अहिले बर्षादको कारण यातायातको सुविधा पनि नभएको र स्याउ टिप्ने बेला पनि नभयकोले स्याउ टिप्न हतार नगर्न अनुरोध गरिएको सुचना अधिकारी जैशीले बताए ।

प्याकिङका लागि कार्टुन पनि उपलव्ध गराउने र समूह तथा सहकारी मार्फत स्याउ ढुवानि गर्न चाहने कृषकलाई विगत बर्ष झै स्याउ ढुवानि अनुदानमा सहयोग कार्यक्रम यो बर्ष पनि निरन्तर रहेको सुचना अधिकारी जैशीको भनाई रहेको छ ।