अत्वार कुँवार १४ | थारु संम्बत:२६४६
१४ आश्विन २०८०, आईतवार
October 1, 2023

मिस्टर एण्ड मिस थारुको चौथो संस्करण साउन २१ गतेबाट दस सहरमा हुँदै

१९ श्रावण २०७९, बिहीबार
मिस्टर एण्ड मिस थारुको चौथो संस्करण साउन २१ गतेबाट दस सहरमा हुँदै

काठमाडौं । मिस्टर एण्ड मिस थारुको अडिसन दस सहरमा हुने भएको छ । चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को अडिसनको तयारी पूरा भएको छ। 

यही साउन २१ गतेदेखि सुरु हुने अडिसनको तयारी पूरा भएको जह इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत सुरेश कुमार चौधरीले बताए। ‘लगभग अडिसनको तयारी पूरा भएको छ। साथै अडिसनको अघिल्लो दिनसम्म प्रतियोगीले आवेदन दिन सक्नेछन्।

प्रतियोगितामा सहभागी हुन चाहनेले खल्ती एपमार्फत पनि आवेदन दिन सकिने  छ भने आधिकारिक वेवसाइटमा गई आवेदन दिन सकिने छ। अडिसनको आवेदन शुल्क ६ सय रुपैयाँ तोकिएको छ।

थारु समुदायको बाक्लो बसोबास रहेको देशका मुख्य सहरहरुमा  साउन २१ गते शनिबार, सुनसरीको झुम्का, पर्साको वीरगञ्ज, चितवनको भरतपुर र बाँकेको नेपालगञ्ज, साउन २४ गते मंगलबार मोरङको विराटनगर, सिरहाको लहान र कैलालीको टीकापुर, साउन २८ गते शनिबार काठमाडौं, दाङ र बुटवलमा अडिसन हुने भएको छ।