बुधबार करेन्ट लागेर ससुरा–बुहारीको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी जिल्ला कञ्चनरुप नगरपालिकामा ६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन्। उनीहरू ससुरा–बुहारी हुन्।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो।
दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए। अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो।