बिफे जेठ २५ | थारु संम्बत:२६४६
२५ जेष्ठ २०८०, बिहीबार
June 8, 2023

धनगढीमा घरमै राखिएको मोटरसाइकलमा आगजनी 

२४ श्रावण २०७९, मंगलवार
धनगढीमा घरमै राखिएको मोटरसाइकलमा आगजनी 

धनगढी: धनगढीमा घरको बरण्डामा राखिएको मोटरसाइकलमा आगजनी भएको छ। उपमहानगरपालिकाको वडा नम्बर ६ जालीका जगत चौधरीको से ४ प ६८९४ नम्बरको होण्डा साईन मोटरसाइकलमा अपरिचित व्यक्तिले आगजनी गरेका हुन्।

आज (मंगलबार) बिहान मोटरसाइकलमा आगजनी भएको प्रहरीले बताएको छ। मोटरसाइकल पूर्ण रुपमा जलेको र आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।