चितवन । घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गर्दा श्रीमानको मृत्यु भएको छ। पश्चिम चितवनको पार्वतीपुरमा भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घरायसी झगडा हुँदा ५४ वर्षीय विनमाया विकले श्रीमान् टीकारामलाई अचानोले आक्रमण गरेकी थिइन्। आक्रमणबाट टाउकामा चोट लागेका टीकारामको मङ्गलबार घरभित्र कोठामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिएका छन।
श्रीमती विनमायालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टीकरामको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।