बिफे जेठ २५ | थारु संम्बत:२६४६
२५ जेष्ठ २०८०, बिहीबार
June 8, 2023

बझाङमा तीन जना मृत फेला

२५ श्रावण २०७९, बुधबार
बझाङमा तीन जना मृत फेला

बझाङ । बझाङको बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी मृत अवस्थामा भेटिएका छन् । रारुका २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भुपेन्द्र पार्की मृत अवस्थामा भेटिएका वडा नम्बर ९ का वडाअध्यक्ष हरिश सिंहले जानकारी दिए।  मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेको छैन । 

गएराति  पुष्कर पार्की भारतबाट घर आएको बुझइको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जनाएको छ ।