धनगढी। मंगलबार राति धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा डोटीका एक जनाको मृत्यु भएका छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार डोटीको जोरायल गाउँपालिका १ का २८ वर्षीय चित्र मडैको रहेका छन । से.२ प ५२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई उपमहानगरपालिका–३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै अत्तरिया सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइते भएका मडैलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल पुगाइएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो।
मोटरसाइकल चालक जोरायल गाउँपालिका–१ कै २१ वर्षीय सन्तोश मल्ल घाइते भएका छन्। उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। मृतक मडैको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।