अत्वार कुँवार १४ | थारु संम्बत:२६४६
१४ आश्विन २०८०, आईतवार
October 1, 2023

कञ्चनपुरमा दुई बालक बेपत्ता 

२६ श्रावण २०७९, बिहीबार
कञ्चनपुरमा दुई बालक बेपत्ता 

धनगढी: कञ्चनपुरमा दुई बालक बेपत्ता भएका छन्। जिल्लाको लालझाडी गाउँपालिका-१ का बलबहादुर रानाका दुई वर्षीय छोरा आयुस राना हराएका प्रहरीले बताएको छ।

बुधबार सोही ठाउँका सुस्तमनस्थिति भएका एक ७ वर्षीय बालकले आयुसलाई लगेर गएका र पछि दुवै जना घर नफर्किएका बताइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए। उनीहरुको खोजी भइरहेको उनले बताए।