अत्वार कुँवार १४ | थारु संम्बत:२६४६
१४ आश्विन २०८०, आईतवार
October 1, 2023

आज २० औँ अनशन सुरु गर्दै डा केसी

२७ भाद्र २०७९, सोमबार
आज २० औँ अनशन सुरु गर्दै डा केसी

काठमाडौं : प्राडा गोविन्द केसीले आज दिउँसो ५ बजेदेखि २० औँ अनशन सुरु गर्ने भएका छन्। डा केसीले धनगढीबाट आफ्नो २० औँ अनशन सुरु गर्न लागेका उनका सहयोगी प्रितम सुवेदीले बताए।

केसीले सरकारसमक्ष दुई साता समय मागेर पनि मागहरू पूरा नगरेकाले ७ बुँदे मागसहित आज साँझ ५ बजेदेखि सत्याग्रह शुरु गर्न लागेको सुवेदीले बताए।

यसअघि, भदौ १२ देखि सुरु गर्ने भनिएको सत्याग्रह सरकारका तर्फबाट केही समय माग भएको भन्दै उनले सरकारलाई दुई साताको समय दिएका थिए। डा‍ केसी विभिन्न समयमा गरी यसअघि १९ पटकसम्म अनशन बसिसकेका छन्।