सोम्मार अगहन १२ | थारु संम्बत:२६४५
१२ मंसिर २०७९, सोमबार
November 28, 2022

अन्ततः सुरु भयो एमडीएमएस, अब गैरकानूनी मोबाइल नेपालमा नचल्ने

३० भाद्र २०७९, बिहीबार
अन्ततः सुरु भयो एमडीएमएस, अब गैरकानूनी मोबाइल नेपालमा नचल्ने

काठमाडौं । अन्ततः नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । लामो समयदेखि कार्यान्वयनमा आउने भनिएको यो प्रणाली नियामकले बिहीबारदेखि सञ्चालनमा ल्याएको हो ।

यससँगै मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित बनाइने र चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ तथा ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गरिएको छ । यद्यपि ३० भदौ २०७९ गतेसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट लगायत आजको मितिसम्म चालू रहेका सबै मोबाइल सेटहरू स्वतः एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाइएको छ ।

तर ३० भदौ २०७९ पश्चात मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भएको वा नभएको यकिन गरेर मात्र खरिद गर्न अनुरोध गरिएको छ । साथै मोबाइल आयातकर्ता तथा बिक्रेताहरूले मोबाइल आयात गर्नु अघि अनिवार्य रूपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न समेत सूचित गरिएको छ ।