अत्वार कुँवार १४ | थारु संम्बत:२६४६
१४ आश्विन २०८०, आईतवार
October 1, 2023

एमडीएमएस लागू भएको खुशियालीमा मोबाइल व्यवसायीले पसलपसलमा दीपावली गर्ने

३० भाद्र २०७९, बिहीबार
एमडीएमएस लागू भएको खुशियालीमा मोबाइल व्यवसायीले पसलपसलमा दीपावली गर्ने

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट (एमडीएमएस) लागू भएको उपलक्ष्यमा व्यापारीहरूले पसलपसलमा दीपावली गर्ने भएका छन् । ढिलै भए पनि एमडीएमएस लागू हुनु खुसीको विषय भएकाले दीपावली गरेर स्वागत गरिने मोबाइल आयातकर्ता सङ्घका अध्यक्ष दीपक मल्होत्राले बताए ।

“ढिला भएपनि राम्रो काम भएको छ,” बिहीबार एमडीएमएस सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मल्होत्राले भने, “आजको दिन सम्पूर्ण डिस्ट्रिब्युटर र ५० हजार मोबाइल व्यवसायी सम्पूर्ण मोबाइल पसलमा दीपावली गरेर मनाउँछौँ ।” सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै तीन सय अमेरिकी डलरभन्दा माथिको मोबाइलको आयात बन्द गरेको छ ।

मोबाइल आयातमध्ये ५० प्रतिशत भन्दा माथि गैरकानूनी तवरमा भित्रिने गरेको भन्दै मल्होत्राले मोबाइल आयातमाथि लागेको प्रतिबन्ध हटाउन माग गरे । “मोबाइल विलासिताको वस्तु होइन, त्यसैले यसको आयात खुला गर्नुपर्छ,” उनले भने, “सन् २०२१ मा कूल ५५ अर्ब रुपैयाँका मोबाइल भित्रिएकोमा १७ अर्ब रुपैयाँका मोबाइल गैरकानूनी रूपमा आयात भएका थिए ।

मोबाइल आयात प्रतिबन्धले यस वर्स २७ अर्ब रुपैयाँको मोबाइल आयात मात्र कानूनी हुने देखिन्छ र २८ अर्ब गैरकानूनी हुने अवस्था छ ।” यसबाट राज्यले सात अर्बको राजस्व गुमाएको उल्लेख गर्दै मल्होत्राले २२ करोड डलरको आयात हुँदा प्रति डलरमा राज्यले ३१ रुपियाँ नोक्सानी ब्यहोर्नु परेको बताए । उनले अगाडि भने, “डलर पनि बचाउन सकेको अवस्था छैन ।”