बिफे जेठ २५ | थारु संम्बत:२६४६
२५ जेष्ठ २०८०, बिहीबार
June 8, 2023

चर्चित गायक प्रमोद खरेल र चक्र बम धनगढी आउने

११ कार्तिक २०७८, बिहीबार
चर्चित गायक प्रमोद खरेल र चक्र बम धनगढी आउने

कैलालीको धनगढीमा चर्चित गायक प्रमोद खरेल र चक्र बम आउने भएका छन । तिहारलाई लक्षित गरी यूपी इन्टरटेनमेण्टको आयोजनामा धनगढीमा हुन लागेको कन्स्र्टमा भाग लिन धनगढी आउन लागेका हुन । कार्तिक १६ गते एसटिएस सिनेमाको प्राङ्गणमा सो कन्स्र्ट आयोजना गर्न लागेको इभेण्ट म्यानेजर सन्तोष ओझाले बताए । ‘तिहारमा यस नगरका मानिसलाई मनोरञ्जन दिने उद्देश्यले सो कन्स्र्ट आयोजना गर्न लागेका हौं’ उनले भने ‘अहिले हामीले कन्स्र्टलाई सफल बनाउन टीकट विक्री तथा प्रचार–प्रसारलाई तिव्रता दिएका छौ ।’ 

उनका अनुसार कन्स्र्ट आयोजना गर्न झण्डै तीन लाख बढी रकम खर्च हुने छ । कन्स्र्टमा डेढ सय बढी दर्शकको सहभागिता हुने अनुमान आयोजक कमिटिले गरेको छ ।