धनगढी,१२ कात्तिक । धनगढी उपमहानगरपालिकामा दुई दिनमा ९ हजार बढीले कोभिड-१९ को भेरोसेल खोपको दोश्रो मात्रा लगाइएका छन् ।
भेरोसेलको दोस्रो मात्रा लगाउने अभियान अन्तर्गत १० र ११ गते ९ हजार ४ सय १९ जनाले दोस्रो मात्राको खोप लगाएको उपमहानगरपालिकाले जनाएको छ ।
१८ बर्ष माथिका पहिलो खोप लगाएका सम्पुर्णलाई खोप लगाइएको हो । खोप अभियान अन्तर्गत आज शुक्रबार पनि फुलबारी स्वास्थ्य चौकीमा भेरोसेलको दोस्रो मात्रा लगाउने कार्यक्रम जारी रहने जनाएको छ।
तोकेको स्थानमा उपस्थिति भई खोप लगाउन सम्पुर्ण वडा बासीलाई उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले अनुरोध गरेका छन । उनले खोप लाउन आउदा अनलाइन फर्म भरेको दर्ता नम्बर र परिचय खुल्ने परिचयपत्र लिएर आउन आग्रह गरे ।
Source:https://paschimtoday.com/news-details/45442/2021-10-29