अत्वार कुँवार १४ | थारु संम्बत:२६४६
१४ आश्विन २०८०, आईतवार
October 1, 2023

सुदूरपश्चिममा कार्तिक २८ गतेबाट कोभिड विरुद्धको फाइजर खोप लगाइने

१२ कार्तिक २०७८, शुक्रबार
सुदूरपश्चिममा कार्तिक २८ गतेबाट कोभिड विरुद्धको फाइजर खोप लगाइने

धनगढीः सुदूरपश्चिममा सरकारले १२ वर्षमाथिका नागरिकलाई आगामी कार्तिक २८ गतेबाट कोरोना विरुद्धको फाइजर खोप लगाउने भएको छ। प्रदेशका सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा फाइजर खोप लगाइने भएको छ। कार्तिक २८ गते लक्षित समूहमा पर्ने नागिरकलाई फाइजर खोप लगाइने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीका निमित्त प्रमुख पदम विष्टले बताए।

सेती र डडेल्धुरा अस्पातालमा मुटु, मृगौला, फोक्सो, मस्तिष्कघात, क्यान्सर, उच्चरक्तचाप, अंगप्रत्यारोपण, मधुमेह जस्ता रोगप्रतिरोधी क्षमता कम भएका नागिरकलाई खोप लगाइने विष्टले बताए। फाइजर खोपको दुई मात्रा २१ देखि २८ दिनको फरकमा लगाइने छ।