अत्वार अगहन १२ | थारु संम्बत:२६४४
१२ मंसिर २०७८, आईतवार
November 28, 2021

धनगढीमा बालबालिकाको अटिजम पहिचान तथा निदान शिविर हुने

५ मंसिर २०७८, आईतवार
धनगढीमा बालबालिकाको अटिजम पहिचान तथा निदान शिविर हुने

धनगढी: धनगढीमा बालबालिकाको अटिजम पहिचान तथा निदान शिविर हुने भएको छ। चाइल्ड केयर नेपाल धनगढीको आयोजनामा आइतबार (आज) धनगढीको तारानगरमा रहेको दक्ष इन्टरनेसनल स्कुलमा शिविर हुने भएको हो।

शिविर बिहान नौ बजेबाट सुरु हुने बताइएको छ। शिविरमा अटिजम भएका बालबालिका ल्याएर आउन अनुरोध गरिएको छ। उमेरअनुसार बच्चाको व्यवहार, सञ्चार र बोलीको विकास नहुनु अटिजम हो। बच्चा गर्भमै रहेको समयमा ‘जिन’मा केही समस्या हुँदा बच्चालाई अटिजम हुने सम्भावना रहन्छ। यो समस्या एकदेखि डेढ वर्षको उमेरभित्रै थाहा पाउन सकिन्छ। अटिजमले बच्चाको शारीरिक वृद्धिमा खासै फरक नपारे पनि मानसिक विकासमा भने असर पुर्‍याउँछ।

Source:https://dineshkhabar.com/article/68656