धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सोमबार थप ५ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६१ नमुना परिक्षण गर्दा थप ५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार २४ घण्टामा १ जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन । भने ३ जना कोरोनामुक्त भएका छन् । हाल अस्पतालमा ४ जना संक्रमित विरामीको उपचार भइरहेको छ ।