बुध माघ ०५ | थारु संम्बत:२६४५
५ माघ २०७८, बुधबार
January 19, 2022

कैलालीमा काँग्रेसको मतगणनास्थलमा ढुङ्गामुढा प्रहार

८ मंसिर २०७८, बुधबार
कैलालीमा काँग्रेसको मतगणनास्थलमा ढुङ्गामुढा प्रहार

धनगढी : कैलालीमा काँग्रेसको मतगणनास्थलमा ढुङ्गामुढा गरिएको छ। जिल्लाको अत्तरियास्थित पूर्वरोडमा रहेको प्रतिभा पुस्तकालयमा ढुङ्गामुढा गरिएको हो।

प्रतिभा पुस्तकालयमा कैलाली क्षेत्र नम्बर ४ को महाधिवेशन प्रतिनिधि र क्षेत्रीय समितिका लागि भएको मतदानको गणना भइरहेको थियो। 

मतगणनाको विवाद भएपछि पुस्तकालयको झ्यालमा ढुङ्गा प्रहार गरिएको हो। ढुङ्गा प्रहारबाट झ्यालका सिसा फुटेका छन्। खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधिका लागि चुनाव भएकोमा ९ जना छनोट भए पनि १० औं प्रतिनिधिमा तीन जनाको समान मत आएपछि विवाद भएको हो।

केही काँग्रेसका नेताले गणनामा बद्मासी भएको आरोप लगाएका छन्। प्रहरीले मुचुल्का नै नउठाई मतपेटीका लगेको पनि आरोप लागेको छ।

Source:https://dineshkhabar.com/article/68897