अत्वार अगहन १२ | थारु संम्बत:२६४४
१२ मंसिर २०७८, आईतवार
November 28, 2021

ओलीलाई मैले नै दुई चोटी प्रधानमन्त्री बनाएको हु : प्रचण्ड

८ मंसिर २०७८, बुधबार
ओलीलाई मैले नै दुई चोटी प्रधानमन्त्री बनाएको हु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीभन्दा कुनै हकमा कम नरहेको बताएका छन् । कैलालीको भजनी नगरपालिकाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उनले यस्तो बताएका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रचण्डले ‘खलनायक’ को आरोप लगाएका छन् ।

‘कम्युनिष्टलाई एक गरे पछि देशमा राजनीतिक स्थायित्व भएर छिटो छिटो विकास होला भन्ने सपना देखेको थिए,’ प्रचण्डले भने, ‘केपी ओलीलाई मैले नै दुई चोटी प्रधानमन्त्री बनाए । तर ती नायक होइन, खलनायक परेछन् ।’

अध्यक्ष दाहालले यो गठबन्धन धेरै जाँदैन भन्नेलाई सरकारले जवाफ दिन थालेको पनि बताएका छन् । ओलीका कारण राजनीतिक स्थायित्वको आफ्नो सपना साकार हुन नसकेको टिप्पणी गरेका छन् ।

‘ओलीले मैले भनेको केही मानेनन्। अघिल्लो सरकारले उल्टो मात्रै काम गरेको थियो’, उनले भने, ‘अहिले पाँच दलीय गठबन्धन छ। यो गठबन्धनले जनताको हितमा काम गर्छ । अहिले पनि म बलियो छु। अहिले म प्रधानमन्त्री त छैन तर प्रधानमन्त्री भन्दा कम पनि छैन ।’

भजनी नगरपालिकाका समस्याहरु समेटेर जनप्रतिनिधिहरुले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए । भजनीका बाढीपीडितलाई राहत उपलब्ध गराउन सरकारसंग पहल गर्ने प्रचण्डले आश्वासन दिए ।

Source:https://radioghodaghodi.com.np/11/5142/